अभिनेत्री आँचल शर्माले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई आँचल र उनका श्रीमान् उदीप श्रेष्ठले राहत वितरण गरेका हुन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ छ ।
केही समय अगाडि मात्रै आँचल विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहमा लगाएको महँगो लेहेङ्गा र गरगहनाका कारण उनी निकै चर्चामा आएकी थिइन् ।
आँचलसँगै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरू अहिले सहयोगमा जुटिरहेका छन् । कोही विपन्न परिवारलाई सहयोग गरिरहेका छन् भने कोही चलचित्र प्राविधिकहरूलाई सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया