रोहित सेट्टी बलिउडका एक सफल निर्देशक हुन् । उनले बनाएका चलचित्र दर्शकहरुले एकदमै मन पराउने गर्दछन् । हालै मात्र रोहितले गरेको एक कामको एकदमै चर्चा भइरहेको छ ।
रोहितले मुम्बई प्रहरीका लागि शहरका विभिन्न ८ होटलहरु उपलब्ध गराएका छन् । यी होटलमा ड्यूटीमा रहेका प्रहरीहरुले आराम गर्न सक्नेछन् । साथमा, उनीहरुका लागि यी होटलमा खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
मुम्बई प्रहरीले यो कुराको जानकारी दिँदै रोहितलाई धन्यवाद दिएको छ ।
लकडाउनका कारण मानिसहरु घर भित्र रहेपनि सुरक्षाकर्मीहरु भने सडकमै छन् । यसैले पनि उनीहरुको दैनिक जीवनमा केही न केही प्रभाव त परेकै छ । रोहितको यो कामले उनीहरुलाई ठूलो सहयोग मिल्ने पक्का छ ।
रोहितले मे ३ सम्मका लागि ८ होटलहरुमा यो सुविधाको व्यवस्था गरेका हुन् । उनले, बलिउडमा काम गर्ने मजदुरहरुका लागि ५१ लाख रुपैयाँ सहयोग पनि गरिसकेका छन् ।
प्रतिक्रिया