जहाँ मुस्लिमले बनाए धर्म विरोधीको शालिक

५ बर्ष अगाडि

मध्य एशियाली देशहरुका मिडिया दक्षिणी ताजिकिस्तानको एक खबरले अचम्मीत छन् । त्यहाँका मुसलमान उलेमा(धर्मगुरु)हरुले आफ्नो साप्ताहिक चन्दा रकम जम्मा गरेर कम्युनिष्ट नेता लेनिनको प्रतिमा सहरको केन्द्रमा लगाएका छन् । 
लेनिनले सन् १९२२ मा ताजिकिस्तानलाई समेत समेटेर कम्युनिष्ट राज्य  सोभियत संघको स्थापना गरेका थिए । 
रेडियो लिबर्टीको ताजिक सेवाको अनुसार तूस सहरको मस्जिदहरुका इमामहरु र खतीबहरुले मस्जिदमा जम्मा भएको पैसाबाट सोभियत कम्युनिष्ट नेताको मूर्ति सहरको केन्द्रमा सोही स्तम्भमा स्थापित गरेका छन् जहाँ दुई वर्ष पहिले ढालिएको थियो । 
अहिले यो मूर्तिलाई पुनः पहिलेको यसको सुनौलो रंगले रंगाइएको छ । साथै प्रतिमाको भाच्चिएको हातको स्थानमा नयाँ हात लगाइएको छ । 
तूस सहरका बासिन्दा महरीनिसो राजाबोवाको भनाईमा यो कार्य इमामहरु आफैले गरेका हुन् । उनले फ्रिडम रेडियोसँगको कुरामा भने,“ उनीहरुले आफैले खराब अवस्थामा रहेको लेनिनको मुर्तिको मम्र्मर गरे र मुर्ति राख्ने स्मारकको वरपर पनि सफाई गरे । पछिल्लो समय उनी पानीको फोहोराको मर्मत गरिरहेका छन् । ”
एक मस्जिदको इमामको फ्रिडम रेडियोसँग कुरा गरे । उनले कुल खर्चको बारे त बताएनन् तर लगभग हरेक मस्जिदले प्रति हप्ता लगभग १०० डलरको चन्दा उठाएको बताए । 
तूस सहरमा लेनिनको यो मुर्ति १९८० मा सोभियत कालमा स्थापित गरिएको थियो र यो दक्षिण ताजिकिस्तान क्षेत्रमा रहेको सबैभन्दा ठूलो मुर्ति हुने गथ्र्यो ।  
सोभियत संघबाट छुट्टिएपछिका कयैन वर्षपछिमा देशमा सोवियत कालिन अधिकाशं मुर्तिलाई हटाइए । त्यीनको स्थानमा ताजिक राष्ट्रिय नायकहरुको मूर्ति लगाइयो । त्यही क्रममा उक्त स्थानमा रहेको लेनिनको प्रतिमा ओवशोरोन गाँउ पु¥याईयो र त्यहाँको गोदाममा थन्काइयो ।
मूर्ति पुनरस्थापना गर्नको लागि मस्जिदका इमामहरुले किन पैसा जम्मा गरे स्पष्ट भएको छैन । तर सहरको मुख्य स्तम्भ लगभग दुई वर्षसम्म खाली रहेको थियो र त्यसमा कुनै प्रतिमा लगाइएको थिएन । 
यो घटनाको सन्दर्भमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । 
फ्रिडम रेडियोको वेबसाइटमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्,“उनीहरु धार्मिक गुरु होइनन्, मूर्ती–पूजक हुन् ।”(मुसलमान धर्ममा मुर्तिपूजालाई अपराध मानिन्छ ।)
अन्य मानिसहरुले यो रकम गरीबको मद्दतमा खर्च हुन सक्थ्यो भनेका छन् । 
केही मानिसहरुले ताजिकिस्तानको वर्तमान स्थितिको तुलना सोवियत युगको जीवन शैलीसँग गरेका छन् । महाजिर नामको एक व्यक्तिले लेखेका छन् “उनीहरुले ठीक गरे । यदी लेनिन हुदैन थिए भने सबै मध्य एशियाली देशहरु अफगानीस्तानजस्तै हुने थिए ।”
केही मानिसहरुले आफ्नो देशको विगत स्वीकार्नुपर्छ भन्ने विचार राखेका छन् । फ्रिडम वेबसाइटमा टिप्पणी गर्ने एक व्यक्तिले भनेका छन्,“ लेनिन हाम्रो देशको पनि नेता थिए कि थिएनन् भन्नेमा प्रश्न हुन सक्छ तर उनी हाम्रो पनि इतिहास हुन् र हाम्रो बच्चाहरुलाई यो बारेमा जानकारी हुनुपर्छ ।”

५ बर्ष अगाडि

प्रतिक्रिया