बेलायतमा संचालन भइरहेको ब्रिटेन्स गट ट्यालेन्टमा नेपाली भिम निरौलाले सहभागिता जनाएका छन् । हाल बेलायतको रेडिंगमा बस्दै आएका भिमले उक्त शोमा भाग लिएका हुन् ।
५४ वर्षिय भिम पेशाले होटल मेनेजर भएपनि उनले सात वर्ष अगाडि ‘सन्डे मर्निङ लभ यू’ बोलको गीत गाएर चर्चामा आएका थिए । उनले ब्रिटेन्स गट ट्यालेन्टमा पनि सोही गीत गाएर सुनाएका थिए । आफ्नो श्रीमतिलाई लक्षित गरेर यस गीत तयार पारेको बताउँदै उनले उक्त गीत गाउन सुरु गरेका थिए ।
ब्रिटेन्स गट ट्यालेन्टमा उनले गााएको गीतमा निर्णायक मध्यका एकले असन्तुष्टी जनाएका थिए । तर, बाकीँ ३ निर्णायक र उपस्थित हजारौ दर्शक उनको गीतमा खुबै रमाइरहेका थिए । कार्यक्रमका संचालकहरु त उनीसँगै नाच्नको लागि स्टेजमा नै पुगेका थिए ।
भिम ब्रिटेन्स गट ट्यालेन्टमा छनोट भएर अहिले भाइरल भएका छन् । सात वर्ष अगाडि यसै गीतबाट भाइरल बनेका भिम अहिले पुन ः सोही गीतका कारण भाइरल भएका छन् । सामाजिक संजालमा अहिले भिमको खुबै चर्चा छ ।
प्रतिक्रिया