बलिडलकी नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ सो कुरा उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट जानकारी गराएकी छन् ।
उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि पोष्टहरु आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् ।
उर्वशीले मुम्बई प्रहरीमा यस कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ ।
उर्वशीका अनुसार, ह्याकरले अहिले उनीसँग पैसाको समेत माग गर्न थालेका छन् ।
प्रतिक्रिया