लकडाउनमा ७० लाख महिलामा इच्छाविपरीत गर्भधारण हुनसक्ने

मंगलबार, १६ बैशाख २०७७, २२ : १२

संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले कोरोना भाइरस (कोभिड–१९) संक्रमणले गर्दा उत्पन्न परिस्थितीका कारण ठूलो संख्यामा अनिच्छित गर्भधारण बढ्न सक्ने जनाएको छ । 

अहिले लागू भएको जस्तो लकडाउन ६ महिनासम्म थपिएमा खासगरी न्यून र मध्यम आय भएका देशहरुमा ४ करोड ७० लाख महिलाहरुले परिवार नियोजनका साधनमा पहुँच गुमाउने र परिणामस्वरुप ७० लाख अनिच्छित गर्भधारण हुनसक्ने उसको अनुमान छ । 

सो अवधिमा लैंगिक हिंसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ । 

लकडाउन लागू भएपछि महिलाहरु घरेलु हिँसाबाट पिडीत भएर फोन गरेका घटना दोब्बर भएका छन् । 

विज्ञहरुका अनुसार कोरोनाका कारण हुने आर्थिक र शारीरिक अवरोधले महिला र बालिकाको अधिकार र स्वास्थ्यका लागि डरलाग्दो परिणाम ल्याउन सक्ने आंकलन छ ।

यो नयाँ तथ्या्कले कोभिड १९का कारण चाँडै नै विश्वव्यापी महिला र केटीहरूमा विनाशकारी प्रभाव देखाउँदछ,ू युएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कानेमले भने।

कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औल्याएको छ।

प्रतिवेदन भन्दछ, ‘कोभिड –१९ का कारण विश्वव्यापि आपूर्ती व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरू घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ। महिला तथा किशोरीमा कोभिड–१९ ले थप प्रभाव पर्ने देखाउँछ।’

‘कोभिड–१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ। लाखौँ महिला तथा किशोरीहरु आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरीरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्’, यूएनएफपीएका कार्यकारी निर्देशक डा. नातालिया कनेम भन्छन्। महिलाको प्रजनन् स्वास्थ्य सेवा , अधिकारहरू सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरूलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट बञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ। लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने संभावना औल्याएको छ। साथै ३ महिनासम्म लकडाउन जारी रहेमा थप २ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ।

कोभिड–१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पु¥याएको छ। सन् २०२०–२०३० को बीचमा १३ मिलियन थप बालबिवाह हुने संभावना प्रतिवेदनले देखाएको छ। प्रतिवेदन भन्छ, ‘ती बालविवाह रोक्न सकिन्थ्यो।

मंगलबार, १६ बैशाख २०७७, २२ : १२

प्रतिक्रिया