काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज(बिहीबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४।५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९।५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रुपैयाँ भएको छ।
प्रतिक्रिया