बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु

बुधबार, १७ बैशाख २०७७, ०८ : ५८

कोरोना भाइरसको त्रासका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ । 

अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा रोक्न नमिल्ने भएका कारण सुरक्षा उपाय अवलम्बन गरी  खोप प्रदान गरिएको कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
 
कार्यालयका अनुसार हालसम्म १३४  बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका आठै स्थानीय तहमा नियमित खोप सेवा शुरु गरेको हो । 

यही वैशाख १९ गतेसम्म खोप सञ्चालन गरिने  कार्यालयले जनाएको छ । 

बुधबार, १७ बैशाख २०७७, ०८ : ५८

प्रतिक्रिया