बलिउड अभिनेता इरफान खानको निधन

बुधबार, १७ बैशाख २०७७, १२ : ४६

बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ। मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनको पेटमा संक्रमण भएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए। गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्। सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। 

बुधबार, १७ बैशाख २०७७, १२ : ४६

प्रतिक्रिया