जॉन अब्राहम र आदित्यको फिल्म 'एक विलेन २' अब 'दो विलेन' भनेर चिनिन्छ ?

बुधबार, १७ बैशाख २०७७, १७ : ३६

मलंगको रिलीज हुनुभन्दा  पहिले नै निर्देशक मोहित सूरी उनको अर्काे फिल्ममा काम गर्न सुरु गरिसकेका थिए । २०१४ मा उनले सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखको 'एक विलेन' फिल्म बनाएका थिए जुन बॉक्स अफिसमा सुपरहिट भएको थियो ।

अब उनी आफ्नो सफल फिल्मको दोस्रो भाग बनाउँदैछन । फिल्मको स्टारहरुको निर्णय भइसकेको छ । उनले जोन अब्राहम, दिशा पाटनी, आदित्य रॉय कपूर र तारा सुतारिया संग फिल्मको घोषणा गरेका छन्। 

फिल्मको नाम 'एक विलेन २' तय भएको थियो तर सुन्नमा आइरहेको छ की अब फिल्मको नाम परिवर्तन गरेर  'दो विलेन 'राखिने भएको छ । 

'एक विलेन २' अलि अनौंठो लाग्यो , तर 'दो विलेन'  नाम राम्रो छ  । त्यसोभए के फिल्ममा दुई विलेन  हुनेछन् ?

यसको बारेमा स्रोतहरू भन्छन् कि जोन र आदित्य दुबैको नकारात्मक भूमिका छ । दुबै फिल्ममा लडिरहेको देख्न सकिन्छ , त्यसैले 'दो विलेन' नाम बढी रोचक छ र सबैलाई पनि यो नाम मन परेका छन् ।

एकता कपूर र भूषण कुमार एक साथ यस फिल्मको निर्माण गरिरहेका छन्।  फिल्मको शुटि  कोरोना भाइरसका कारण सुरु भएको छैन, तर अवस्था सुधार हुने बित्तिकै काम सुरु हुनेछ।

 

 

बुधबार, १७ बैशाख २०७७, १७ : ३६

प्रतिक्रिया