बुबा ऋषि कपुरलाई अन्तिम पटक भेट्न छोरी रिद्धिमाले सरकारसंग मागिन् मुम्बई जाने इजाजत

विहीबार, १८ बैशाख २०७७, १३ : ४३

ऋषि कपूरको निधनको खबरले सम्पूर्ण भारतमा शोक मनाइरहेका छन् ।  खबर छ कि छोरी रिद्धिमा कपूर साहनी अन्तिम पटक आफ्नो बुबालाई भेट्न चाहन्छिन । तसर्थ, उनले परिवारसँग दिल्लीबाट मुम्बई जान सरकारको अनुमति मागेकी  छिन् । यद्यपि यस सम्बन्धमा दिल्ली सरकार वा पुलिसबाट कुनै आधिकारिक बयान आएको छैन । रिद्धिमाले यस सम्बन्धमा स्थानीय अधिकारीलाई निवेदन दिएकी छिन् ।

वास्तवमा, दिल्लीको सिमानाहरू हाल राष्ट्रव्यापी लकडाउनको बीचमा बन्द गरिएका छन् । यस बाहेक, दिल्लीको सबै एयरपोर्टबाट कुनै पनि प्रकारको विमान आवागमनमा पनि प्रतिबन्ध लगाइएको छ । अनुमान गरिएको छ कि रिद्धिमा र उनको परिवार सरकारबाट अनुमति पाए पछि विशेष विमानबाट मुम्बई पुग्नेछिन् । यसका लागि आवश्यक अनुमतिका निवेदनहरू दिल्ली र महाराष्ट्रका अधिकारीहरूलाई पठाइएको छ।

विहीबार, १८ बैशाख २०७७, १३ : ४३

प्रतिक्रिया