आत्महत्या गर्ने मुलुकको सूचीमा भारत तेस्रो

५ बर्ष अगाडि

संसारमा आत्महत्या गर्ने महिलाहरुमध्य हरेक तेस्रो महिला भारतीय हुन्छन् । त्यस्तै आत्महत्या गर्ने चारमा एक पुरुष भारतीय हुन्छ । 
यो तथ्याङ्क बुधबार भारतीय आर्युविज्ञान अनुसन्धान परिषद र पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाले प्रकाशित गरेको अध्ययनले बाहिर ल्याएको हो । 
अनुसन्धानकर्ताहरुले १९९० देखि २०१६ बीच भएका आत्महत्याको तथ्याङ्कको विश्लेषण गर्ने क्रममा यो नतीजा निकालेका हुन् । 
रिपोर्टमा सन् १९९० मा भारतमा कुल १,६४,४०४ मानिसहरुले आत्महत्या गरेका बताइएको छ जुन सन् २०१६ मा ४० प्रतिशतले बढेर २,३०३१४ पुगेको थियो । 
सन् २०१६ मा विश्वभर ,१७,१४७ आत्महत्या भएकाले भारतमा सोही वर्ष भएको आत्महत्या विश्वको २८.२% हुन आउँछ । यसमा महिलाहरुको आत्महत्या ९४,३० रह्यो जुन विश्वको महिलाहरुको कुल आत्महत्या २,५७,६२४ को ३६.६% हुन आँउछ । 
उता सोही वर्ष भारतमा १,३५,९३४ सङ्ख्यामा पुरुषहरुको आत्महत्या भएको थियो जुन संसारको पुरुषहरुको कुल आत्महत्या ५,५९,५२३ को २४.३% हो । 
सन् २०१६ को तथ्याङ्कलाई मान्ने हो भने त्यो भारतमा भएको कुल मृत्युको ९ औं कारण थियो । 
रिपोर्ट अनुसार भारतमा महिलाहरुले आत्महत्या गर्ने दर प्रति एक लाख १४.७ थियो । पुरै संसारमा यो दर प्रति एक लाखमा ७ छ । यसबाट पनि भारतमा महिलाहरुमा बाँकी दुनियाको भन्दा आत्महत्याको दर दुई गुणाभन्दा बढी देखिन्छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया