नायिका सञ्चिता लुइँटेलको आज जन्मदिन हो । नेपाली चलचित्र क्षेत्रमा ‘अप्सरा’ चलचित्रबाट नायिका लुइँटेलको प्रवेश भएको हो ।
उनले करिअरमा थुप्रै हिट चलचित्रमा काम गरेकी छिन् । नायिका लुइँटेलले अभिनय गरेको ‘माया नमार, माया त माया हो, कोही मेरो, अप्सरा, नाइँ नभन्नु ल ३, सरगम, राधा, सम्झना’ लगायतका चलचित्र चर्चामा थिए ।
आज पनि उनलाई दर्शकहरूले ‘अप्सरा’ नामले चिन्छन् । नायिका लुइँटेलले चलचित्र ‘माया त माया हो’मा काम गर्दै गर्दा नायक निखिल उप्रेतीसँग बिहे गरेकी थिइन् ।
त्यसपछि भने उनको करिअर खासै सुखद बनेको छैन । बिहे गरेर ५ बर्ष मुम्बई बसेर नेपाल फर्किएपछि निखिल र संचिता दुवैले चलचित्रमा काम त गरेका छन् । तर, दुवैलाई अपेक्षित सफलता भने मिलेको छैन ।
प्रतिक्रिया