अबदेखि नेपालामा हरेक परिवारका कम्तीमा एकजना सदस्यको कोरोना भाइरस संक्रमण जाँच गर्नुपर्ने भएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो ।
शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथामका लागि हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएको बैठकमासमितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानून बनाउन समेत निर्देशन दिएको छ ।
बैठकले सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न , दैनिक ज्यालादारी मजदुरलाई राहत वितरणको मापदण्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्किनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया