स्वास्थ्यकर्मीको बीमा

आइतबार, २१ बैशाख २०७७, १५ : ३०

झापाको ओमसाई पाथिभरा अस्पतालले अस्पतालमा कार्यरत सबै जनाको जीवन बीमा गरिदिएको छ ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १४६ जनाको एक वर्षे जीवन बीमा गरिएको जानकारी दिए। कोरोना सङ्क्रमणविरुद्ध पहिलो पङ्क्तिमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको सुरक्षाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग यही वैशाख २० गतेदेखि लागू हुने गरी सो बीमा गरिएको जानकारी दिए । 

बीमावापत एक वर्षको रु तीन लाख ८३ हजार बीमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोबल बढ्ने उनको धारणा छ । बीमामा भएको व्यवस्थाअनुसार बीमा अवधिमा कालगतिले मृत्यु भएमा रु पाँच लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।

जिल्लाका निजी क्षेत्रका अस्पतालले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमविरुद्ध बीमा गराएको  पहिलो भएको जनाइएको छ । 
 

आइतबार, २१ बैशाख २०७७, १५ : ३०

प्रतिक्रिया