केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयो जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका एक(एक किलोका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।
सोशल मीडिया यो पोस्ट भाइरल बन्यो । नेपालमा पनि उक्त खबर सनसनी बन्यो । आमिरलाई उदाहरण दिँदै नेपाली सेलिब्रेटीको टीप्पणी समेत भए । तर यो खबरको यथार्थ बाहिर आएको छ । आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् ।
आमिरले ट्वीटमा लेखेका छन्, ुसाथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छु ।
प्रतिक्रिया