निर्मात अर्जुन ः लकडाउनमा  ३५ पेन्टींग,  सबै पेन्टींग च्यारिटीको लागी निशुल्क दिने

सोमबार, २२ बैशाख २०७७, १४ : ०६

चपली हाइट, फिटकिरी, चपली हाइट २, फाटेको जुत्ता, चपली हाइट ३ जस्ता फिल्मका निर्माता, संगीतकार तथा गायक अर्जुन कुमारको परिचय चलचित्र कर्म मात्र होइन । उनि कुशल चित्रकार पनि हुन् ।

लकडाउनको समयमा उनले ३५ पेन्टींग गरेका छन् । त्यसो त उनले कक्षा ६ मा पढ्ने बेलादेखी नै पेन्टींग शुरु गरेका थिए । केहि बर्ष उनि चलचित्रमा व्यस्त रहे । अहिले लकडाउनमा फुर्सदको समय सदुपयोग गर्दै उनले आफ्नो चित्रकलालाई पुन जिवित बनाए । उनले सन् १९९५ मा पेन्टींग बेचेर कमाएको पैसाले किनेको भेस्पा बाईक अझै पनि घरमा राखेका छन् ।

उनको २२ बर्ष अघिको मुल पेशा नै पेन्टींग थियो । नुवाकोटको त्रिशुलीमा अर्जुन आर्टस् को नामले चर्चित उनि पछि भने एडभर्टाइजिंग व्यापारमा लागे ।

लकडाउन अवधिभर बनाएका सबै पेन्टींग च्यारिटीको लागी निशुल्क दिने अर्जुनले बताए । जीवन रंगीन हुनुपर्छ भन्ने उनले कलरफुल पेन्टींग रुचाउने बताए । 
 

सोमबार, २२ बैशाख २०७७, १४ : ०६

प्रतिक्रिया