अमेरिकन चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायिका केकी अधिकारीले काम गर्ने भएका छन् । चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा र केकी अनुबन्धित भएका छन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् । जानकारीअनरसार चलचित्रमा स्वस्तिमा र केकी दिदी बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् ।
केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो । स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरुले पनि अडिसन दिएका थिए ।
चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले सार्वजनिक गरिएको छैन । चलचित्रमा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ । चलचित्रको सम्पूर्ण छायांकन पनि अमेरिकामा नै हुनेछ । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायांकन सुरु हुनेछ ।
प्रतिक्रिया