लायन्स क्लब निजगढद्वारा रक्तदान

विहीबार, २५ बैशाख २०७७, १६ : ३१

लायन्स क्लब निजगढले २५६४औँ बुद्धजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
    
तेह्र महिलासहित १०० जनाले रक्तदान गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट विनोद खरेलले जानकारी दिए । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रक्तदानमा कमी आएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राजनीतिक दलका स्थानीय नेता, व्यवसायी, स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र कर्मचारीले रक्तदान गरेका थिए । 
 

विहीबार, २५ बैशाख २०७७, १६ : ३१

प्रतिक्रिया