नायिका सुहानाको २३ औँ जन्मदिन

शुक्रबार, २६ बैशाख २०७७, १४ : ३१

नायिका तथा निर्देशक  झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन्, नायिका सुहाना थापा  आजबाट २३ वर्षमा प्रवेश गरेकी  छन् । सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् ।

नायिका सुहाना चलचित्र ‘ए मेरो हजुर ३’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले एउटा मात्र चलचित्रमा अभिनय गरेपनि करिअरको छोटो समयमा नै गज्जबको क्रेज बनाएकी छिन् ।

उनी हाल दोश्रो चलचित्र ‘ए मेरो हजुर(४’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायक अनमोल केसीले काम गरिरहेका छन् । सुहाना ‘कृष्ण भगवान’की भक्त हुन् । शाकाहारी नायिका थापा अमेरिकामा अध्ययन गरेर फर्किएकी हुन्।

शुक्रबार, २६ बैशाख २०७७, १४ : ३१

प्रतिक्रिया