अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ ।
यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो । गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा समेत ब्यानर प्रदर्शनमा आएकी थिइन । आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् । आज (शनिवार) बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा सहित स्थानीयहरुले कलंकी मन्दीर परिशरमा ब्यानर प्रदर्शन गरेका छन्।
स्थानीयहरुले गायक पोखरेको समर्थनमा भोटिंग अभियान समेत सुरु गरेका छन् । समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए। युवा गायक पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया