नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

सोमबार, ०५ जेठ २०७७, ०८ : ३०

रियालिटी शो अमेरिकी आइडलको उपविजेतामा नेपाली मुलका दिवेश पोखरेल भनिने आर्थर गनले आफ्नो नाम लेखाएका छन् । 

अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । 
सोमबार बिहानको ग्राण्ड फिनालेमा दर्शकको भोटिङको आधारमा विजयी चयन गरिएको थियो । यसअघि टप फाइभमा पुगेपछि दिवेशसहित ५ प्रतिस्पर्धीका लागि भोटिङ खुला गरिएको थियो । जसमा दिवेश उपविजेता बने ।  

नेपाली मुलका दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

सोमबार, ०५ जेठ २०७७, ०८ : ३०

प्रतिक्रिया