एक महिनामा ४ लाखको कोरोना परीक्षण हुँदै

बुधबार, ०७ जेठ २०७७, १० : ३६

सरकारले आगामी एक महिनाभित्र चार लाख नागरिकको कोरोना परीक्षण गर्ने भएको छ ।

कोरोना भाइरस देखिएको धेरै समय भइसक्दा पनि परीक्षण ज्यादै कम भएको भनी चौतर्फी प्रश्न उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयले एक महिनाभित्र चार लाख नागरिकको नमुना संकलन गरी परीक्षण गर्ने लक्ष्य लिएको हो ।

सरकारले हालसम्म आरडिटी र पिसिआर विधिमार्फत एक लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गरिसकेको छ । कुल जनसंख्याको १.७ प्रतिशत परीक्षण तत्काल गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले थप चार लाख परीक्षण गर्ने तयारी थालेको हो ।नयाँ पत्रिकामा खबर छ ।

बुधबार, ०७ जेठ २०७७, १० : ३६

प्रतिक्रिया