काठमाडौं- नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । तेस्रो त्रैमास सकिएको भएपनि कम्पनीले पहिलो त्रैमासको मात्र विवरण सार्वजनिक गरेको हो । यस अवधिमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी ४७ करोड ५६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी भने ३८.४२ प्रतिशतले बढेर १ अबै ७७ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको थियो ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १०.५४ प्रतिशतले घटेर ३६ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ४० करोड ९७ लाख रुपैयाँ लगानी तथा कर्जाबाट आम्दानी आम्दानी गरेको थियो ।
चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको नेपाल रिको रिटेन्ड अर्निङमा ५५ करोड ७७ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४७ पैसा रहेको छ । गत वर्ष यसको प्रति सेयर आम्दानी ३.७१ रुपैयाँ ऋणात्मक रहेको थियो । यसको प्रति सेयर नेटवर्थ भने १४५.५४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया