काठमाडौं— आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा ७२ बीमालेख अन्तर्गत ३ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले १७ वटा कन्भेन्सनल पोलिसीअन्तर्गत ९० लाख २४ हजार ५९२ रुपैयाँ, १६ वटा फरेन इम्प्लोइमेन्ट पोलिसीअन्तर्गत १ करोड ९० लाख रुपैयाँ, र ३९ वटा टर्म पोलिसीअन्तर्गत २४ लाख २९ हजार २५० रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
दाबी परेपछि छोटो समयमै सहज र प्रभावकारी सेवा दिनु नै प्रमुख लक्ष्य रहेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया