बीमा प्राधिकरणको वार्षिकोत्सवमा विराटनगरमा रक्तदान

विहीबार, ०१ जेठ २०८२, १२ : ०४

काठमाडौं- नेपाल बीमा प्राधिकरणले ५७ औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा कोशी प्रदेश कार्यालय, विराटनगरले विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरेको छ। 

मोरङ रेडक्रस सोसाइटी च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जीवन, निर्जीवन, लघु बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले आगामी जेष्ठ १ गते बिहान ८ बजे विराटनगरको तिनपैनीदेखि महेन्द्रचोकसम्म प्रभातफेरी आयोजना गर्ने जानकारी दिएको छ। 


 

विहीबार, ०१ जेठ २०८२, १२ : ०४

प्रतिक्रिया