काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयर बाँडफाँड भएको छ ।
कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको थियो । सेयरमा आवेदन नपरेपछि कम्पनीले पुनः वैशाख १२ गतेदेखि १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
बिक्री खुला गरेकोमध्ये ८५ लाख ९५ हजार ९२८ कित्ताका लागि मात्र आवेदन परेको थियो । भने १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद बिक्री नभएको हो ।
कम्पनीले बिक्री नभएको बाँकी सेयर लिलामीमा ल्याउनेछ ।
प्रतिक्रिया