बुद्ध एयर र श्री एयरको सुर्खेत काठमाडौं उडान दुई दिन बन्द हुने

शनिबार, ०३ जेठ २०८२, १५ : ४२

काठमाडौं- सुर्खेतदेखि काठमाडौं दुईतर्फी रुटका लागि हुने हवाई उडान दुई दिनका लागि बन्द हुने भएको छ।

नागरिक उड्ययन प्राधिकरणले सुर्खेत विमानस्थलको विमानस्थल नियमित मर्मतका लागि मे २० र २१  तारेख (जेठ ६ र ७ गते) उडान बन्द रहने जानकारी दिएको छ। यो विमानस्थलबाट बुद्ध एयर र श्री एयरलाइन्सले उडान गर्दै आएको छ।

बुद्ध एयरले सुर्खेतका यात्रुको सुविधाको लागि  नेपालगञ्ज काठमाडौं रुटमा दुईवटा उडान थप गरिएको जानकारी दिएको छ।

शनिबार, ०३ जेठ २०८२, १५ : ४२

प्रतिक्रिया