एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपक्षी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

शनिबार, ०३ जेठ २०८२, १३ : २७

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले त्रीवेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिममा कृषि तथा पशुपक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

कृषकको टोल–टोल अनि घर–घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै कम्पनीले जेठ २ गते कार्यक्रम सम्पन्न गरेको हो ।

कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न ठाँउमा कृषि तथा पशुपक्षी बीमा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बताए।

उक्त कार्यक्रमका प्रमुख अतिथि त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिमका वडा अध्यक्ष दीपेन्द्र कुमार वलिले बीमाको महत्त्व बुझ्न अनुरोध गर्दै उपस्थित जनाएका सबैलाई कार्यक्रमबाट आफूले प्राप्त गरेको बीमा सचेतना अब टोल टोलमा गएर बीमा सचेतना फैलाउन आग्रह गरे ।

कार्यक्रमका संयोजक एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशुपक्षी बीमाकोबारे प्रस्ट पारेका थिए ।

कार्यक्रममा त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिम का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ५१ जना व्यक्तिहरू साथै त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिमका वडा सदस्य रति दमाई, पत्रकार नोखिराम थापा, युवा व्यवसायी बिबियस बुढा मगर,जनक खत्री, पशु प्राविधिक जगत खड्का लगायतको अतिथ्यता रहेको थियो ।

शनिबार, ०३ जेठ २०८२, १३ : २७

प्रतिक्रिया