आमा बुवा सहित नेपाल आउन चाहन्छिन्  ः मनिषा कोइराला

मंगलबार, १३ जेठ २०७७, १४ : ३७

पछिल्लो समय अभिनेत्री मनिषा कोइराला निकै चर्चामा छिन् । उनी कुनै चलचित्र वा अन्य कारणले चर्चामा आएकी होइनन् । नेपालले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको नक्साको समर्थनमा बोलेका कारण उनी चर्चामा आएकी हुन् । उनले नेपालको समर्थन गरेसँगै भारतीय मिडियाको टाउको दुखाइको विषय बनेको छ । 

लामो समय भारतमा बसेर कलाकारितामा सफलताको चरम बिन्दुमा पुगेकी उनले भारको खाएर नेपालको समर्थन गरेकोमा भारतीय मिडिया र नागरिक उनको पछि लागेको छ । यसै विषयलाई लिएर नेपालमा भने उनको देश प्रेमको समर्थन र प्रशंसाको ओइरो नै लागेको छ । नेपालको विषयमा यसरी खुलेर बोल्ने हिम्मत राख्ने उनी यति बेला भने भारतमा नै छिन् । बुझिए अनुसार उनी नेपाल आउने तयारीमा रहेकी छिन् । हाल मुम्बईमा बस्दै आएकी उनी बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै स्वदेश फर्किने तयारीमा छिन् । भारतमा उनको चर्को आलोचना बढेसँगै उनी विरुद्ध आवाज पनि उठिरहेको छ ।

मंगलबार, १३ जेठ २०७७, १४ : ३७

प्रतिक्रिया