आर्थिक वर्ष ०७७(०७८ को बजेटमा नेपाली फिल्म क्षेत्रलाई पनि समावेश गरिएको छ । यसमा नेपाली फिल्मकर्मीले खुसीयाली व्यक्त गरेका छन् ।
विहिबार अर्थमन्त्री डा।युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा फिल्म क्षेत्रको विकासका लागि कार्यक्रमहरु अघि सारिएका छन् । ‘छायांकनका लागि नेपाल’ कार्यक्रम कार्यान्वयन गरिने, प्रदेश सरकारको समन्वयनमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र संवद्र्धधन गर्ने गरि फिल्म निर्माण गर्ने कार्यलाई प्रोत्साहित गरिने छ बजेटमा उल्लेख छ ।
यस्तै प्रत्येक प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गर्न, चलचित्र कलाकार संघको भवन निर्माण गर्न तथा नेपाली फिल्मको सुरक्षित भण्डारण गर्नको लागि चलचित्र बिकास बोर्डलाई आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् ।
प्रतिक्रिया