डररहित निश्चिन्त भएर बाँच्न करिश्माको सुझाव

शनिबार, १७ जेठ २०७७, १७ : २९

देश झण्डै २ महिनादेखि लकडाउनमा छ । चीन हुँदै विश्वका कयैन् शक्तिशाली मुलुकलाई समेत आफ्नो पकडमा बनाएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण प्रायः सबै नेपाली घरको चारकुनामा नजरबन्द हुन बाध्य छन् । दिन दुई गुणा, रात चौगुणा बढिरहेको कोरोना संक्रमणका कारण अहिले हरेकको मनमा डर पैदा भएको छ ।
 
तर, अभिनेत्री करिश्मा मानन्धरले डररहित भएर बाँच्न सुझाव दिएकी छन् । सरकारले कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि घरभित्रै खुम्चिएकी उनले डरै डरमा जिउन नहुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एक तस्विर पोस्ट्याउँदै उनले क्याप्सनमा लेखेकी छन्, ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’
 
कोरोनाका कारण डर र त्रासमा बाँचिरहेकालाई अभिनेत्री मानन्धरको यो सुझावपूर्ण विचारले केही हदसम्म आत्मबल बढाउन मद्दत गर्ने देखिन्छ । हुन पनि, जब मानिसको मनमा डरले डेरा जमाउन थाल्छ तब आत्मबल कमजोर हुन थाल्छ । यसैले पनि करिश्माले डररहित भएर बाँच्न सुझाव दिएकी हुन सक्छिन् । उनको यो स्टाटसमा धेरैले राम्रो विचार भन्दै प्रतिक्रिया जनाएका छन् । 

केही हप्ताअघि अभिनेत्री करिश्माले कोरोनाका कारण देश लकडाउन भएपछि रोजीरोटी गुमेर बिहान बेलुकाको छाक टार्न समस्या भएका आफ्नो घर (गोदावरी) नजिकै डेरा लिएर बस्ने मानिसहरुलाई आर्थिक तथा खाद्यन्न सहयोग गरेकी थिइन् । उनले सामाजिक सञ्जालको माध्यमबाट घरभित्रै बसेर कोरोनाविरुद्धको लडाईंमा सहभागी हुन पनि आग्रह गर्दै आएकी छन् । 
 

शनिबार, १७ जेठ २०७७, १७ : २९

प्रतिक्रिया