केही दिनयता जाजरकोट घटनाको बारेमा सामाजिक सञ्जालमा आफ्नो भनाई राखिरहेकी अभिनेत्री रीमाले आइतवार इन्स्टाग्राम स्टोरीमा आफैंले लेखेको एक कविता साझेदार गरेकी छन् । ‘आइतवार’ नाम दिइएको कवितामा प्रेमीसँग आइतवार भेट्ने वाचा गरेपछि युवतीको मनमा खेलेका कुरा व्यक्त गरिएको छ । कवितामा रीमाले सरल र मिठासपूर्ण शब्द चयन गरेकी छन् ।
उनले लकडाउनको समय सदुपयोग गर्दै लेखेको कवितालाई धेरैले मन पराएका छन् । तर, उनले पहिलो पटक कविता लेखेकी भने होइनन् । उनी समय समयमा सामाजिक सञ्जालमा कविताहरु लेखिरहेकी हुन्छिन् । साहित्यको सशक्त विधा मानिने कविता लेखनप्रति रीमाको रुचि हेर्दा उनले कलाकार र उद्घोषिका हुँदै ‘कवयत्रि’ को रुपमा पनि आफूलाई चिनाउन चाहेको देखिन्छ ।
प्रतिक्रिया