अभिनेत्री कटरीना कैफ र अभिनेता रणवीर सिंह पहिलो पटक काँचको पर्दामा एकसाथ देखिने भएका छन् । अनटाइटल प्रोजेक्टको जोया अख्तरले निर्देशन गर्दैछिन् । यो फिल्म गर्न रणवीरले स्वीकृति जनाइसकेका छन् । फिल्ममा कटरीना ‘गल्ली ब्वाई’ स्टारको अपोजिटमा देखिनेछन् । यो फिल्म एक ग्यांगस्टर ड्रामा हुनेछ । यसमा दुवैको चरित्र इन्ट्रेस्टिङ हुने बताइएको छ ।
यसअघि निर्देशक कबीर खानको फिल्म ‘८३’ मा सबैभन्दा अगाडि रणवीर सिंहको अपोजिटमा कटरीनालाई अनुबन्ध गरिएको थियो । तर, पछि दीपिका पादुकोणले उनलाई रिप्लेस गरिन् । अब भने पहिलो पटक रणवीर र कटरीनालाई अनस्क्रिन रोमान्स गर्दै देख्न पाइने भएको छ । जोया अख्तरले ‘दिल धडकने दो’ र ‘गल्ली ब्वाई’ पछि तेस्रो पटक रणवीरसँग काम गर्न लागेकी हुन् ।
भारतीय मिडियाका अनुसार, फिल्म ‘८३’ प्रदर्शनमा आएपछि मात्र रणवीरले जोया अख्तरको फिल्ममा काम गर्नेछन् । रणवीरसँग तेस्रो पटक काम गर्न लागेकी निर्देशक जोयाको अभिनेत्री कटरीना मिल्ने साथी हुन् । जोयाले कथा सुनाउने वितिक्कै कटरीनाले फिल्म गर्न स्वीकृति जनाएकी थिइन् । रणवीरसँग पहिलो पटक काम गर्न लागेकोमा कटरीना उत्साहित देखिएकी छन् ।
प्रतिक्रिया