'जन्मदिनको शुभकामना' राजेश हमाल

मंगलबार, २७ जेठ २०७७, १० : २०

नेपाली चलचित्र क्षेत्रमा  सर्वाधिक सफल नायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

नेपाली चलचित्र क्षेत्रमा ‘यूगदेखि यूगसम्म’बाट प्रवेश गरेका नायक हमालले आफ्नो करिअरमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । 

नायक राजेश हमालले अभिनय गरेका ‘बसन्ती, देउता, भाउजु, यूगदेखि यूगसम्म’ लगायतका चलचित्र चर्चित छन् । हमालले बोल्ने गरेको ‘हे‘’ शब्द निकै चर्चित मानिन्छ । ‘शंकर हुँ म शंकर’ बोलको संवाद हमालको करिअरकै सर्वाधिक सफल र चर्चित संवाद मानिन्छ ।

हमाल पछिल्लो केही बर्षयता भने चलचित्र अभिनयबाट केही टाढा छन् । आफै नयाँ चलचित्र निर्देशनको तयारीमा लागेका हमालले अफर आएका चलचित्रहरुलाई पनि अस्विकार गरिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा हमालपछि थुप्रै नायकहरुको आगमन भयो । तर, पनि हमालको नाम सधै उच्च स्थानमा छ । हमालको व्यक्तित्व, बोल्ने शैली र गम्भिर शैलीका कारण पनि उनी दर्शकमाझ लोकप्रिय छन् ।

मंगलबार, २७ जेठ २०७७, १० : २०

प्रतिक्रिया