‘पाताल लोक’ पछि ‘बुलबुल’ बनाउदै अनुष्का शर्मा

बुधबार, २८ जेठ २०७७, २० : ११

नेपालमा विवादित वेव सिरिज ‘पाताल लोक’ पछि अनुष्का शर्माले अर्को फिल्म ‘बुलबुल’ बनाउने भएकी छन् । फिल्मको फस्ट लुक सार्वजनिक भैसकेको छ । फिल्म नेटफ्लिक्समा २४ जुनमा स्ट्रिमिंग हुदैछ ।

अनुष्का सामाजिक संजालमा फोटो  सेयर गर्दै फिल्मको जानकारी दिएकी छन् । फस्टलुकमा एक युवती आफ्नो सपनाको दुनिया तर्फा अगाडी बढ्दै देखिन्छिन् । युवतीको खुट्टा उल्टो छ जसको कारण फिल्म हरर थ्रिलर रहेको अनुमान गर्न सकिन्छ । यस अघि उनले फिल्म ‘परि’ निर्माण गरिसकेकी छन् ।

 

बुधबार, २८ जेठ २०७७, २० : ११

प्रतिक्रिया