सांसद सरिता गिरीले सिमाना विवाद सम्बन्धी दिएको विवादास्पद अभिव्यत्तीको यतिबेला सर्वत्र बिरोध भैरहेको छ । यसमा नेपाल कलाकर्मीले पनि आफ्नो भनाई राखिरहेका छन् । कलाकार, लेखक तथा निर्माता दिपकराज गिरीले भारततिय चेली सरिता गिरीबाट सुल्टो आश गर्न नहुने अभिव्यत्ती दिएका छन् ।
‘सरिताको शाब्दिक अर्थ नदी हो । सबै नदीहरु नेपाल हुँदै भारत तिर बग्ने गर्दछ । तर हामी कहाँ एउटा यस्तो नदी छ जो भारत हुँदै नेपालतिर उल्टो बगेर आएको’, बुधबार दिपकराज गिरीले फेसबुक वालमा लेखेका छन्, ‘जो आफै उल्टो बगेको छ, उसबाट सुल्टो किन आश गर्ने ? मनिषा र सरिता । यताकी छोरीले यतैको गाइन्’, उताको छोरीले उतैको ।
बलिउडमा अभिनय गर्ने नेपाली चेली मनिषा कोइरालाले नेपालको नयाँ नक्सा सार्वजनिक हुँदा खुसी मनाउ गर्दै नेपाल, चीन र भारतले वार्ता गर्नु पर्ने तर्क राख्दा उनको भारतिय मिडियाले चर्को आलोचना गरेको थियो ।
प्रतिक्रिया