नेपाली फिल्मकी सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठ आइतवारबाट ३५ वर्षमा लागेकी छन् । हरेक प्रकारका भूमिकामा आफूलाई ढाल्न सिपालु मानिने उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछिन् । कोरोना भाइरसका कारण जारी लकडाउनपछि घरभित्रै सीमित रहेकी उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।
फिल्म ‘सानो संसार’ बाट अभिनय करिअर सुरु गरेकी नम्रता लभस्टोरी फिल्ममा सबैभन्दा रुचाइएकी अभिनेत्रीमा पर्छिन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक, ‘प्रसाद’ जस्ता फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी उनले आफूलाई निर्मात्रीको रुपमा पनि चिनाइसकेकी छन् । उनले ‘सोल सिस्टर’ र ‘जाइरा’ फिल्ममा लगानी गरेकी थिइन् ।
अभिनेत्री नम्रताको लभ लाइभको पनि फिल्मवृतमा निकै चर्चा हुने गरेको छ । प्रेम घले, रेमन श्रेष्ठ, डिजे तान्त्रिकपछि पछिल्लो केही वर्षयता उनी एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टिभन शेर्पासँगको प्रेममा छिन् । नम्रता फिल्मको छायांकन सेटदेखि सार्वजनिक कार्यक्रममा समेत प्रेमीको साथमा पुग्ने गरेकी हुन्छिन् । तर, उनीहरुले तत्काल विवाहको योजना भने बनाएका छैनन् ।
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
प्रतिक्रिया