लकडाउनमा नेपाली प्रेमी रोहनसग घुम्दै श्रद्धा कपूर

सोमबार, ०१ असार २०७७, ११ : ०३

भारतीय अभिनेत्री श्रद्धा कपुर लकडाउनमा प्रेमी रोहनका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ । 

कोरोना संक्रमणबीच गएको मंगलबार श्रद्धा र उनको प्रेमी रोहन श्रेष्ठ स्कुटरमा घुमेको फोटोहरु सार्वजनिक भएका हुन् । उनीहरु स्कुटरमा घुम्दै गरेका तस्विरहरुको कारण फेरी एक पटक उनीहरुको प्रेमको चर्चा भएको छ ।

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग लामो समय यता प्रेममा छन् भने बिहे गर्ने हल्ला समेत हुने गरेको छ । तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा भने गरेका छैनन् । अहिले उनीहरु सँगै देखिनुले फेरि यस्ले एकाएक चर्चा पाएको छ ।

 

 

सोमबार, ०१ असार २०७७, ११ : ०३

प्रतिक्रिया