हास्यव्यग्यं कार्यक्रमलाई पनि पत्रकार अचारसहिंताभित्र राख्नुपर्ने

बुधबार, ०३ असार २०७७, १८ : ५९

काठमाडौं –टेलिभिजन तथा रेडियामा हुने हास्यव्यंग्य कार्यक्रमलाई पनि पत्रकारिताको आचारसहिंता तथा कानुनको दायरामा ल्याउनुपर्ने सरोरकारबालाहरुले जोड दिएका छन् । 

रेडियो तथा टेलिभिजनमा हुने विभिन्न हास्य व्यग्यांत्मक कार्यक्रमको बारे प्रश्न खडा भएको छ । विभिन्न समूदायबाट त्यसको बेलाबेलामा विरोध हुन थालेपछि सरोकारबालाहरुले त्यस्तो कुरामा जोड दिएका छन्  । 

वल्र्ड कम्युनिकेटर काउन्सिल (डब्लुसीसी) नेपाल च्याप्टरले बुधवार आयोजना गरेकोे वेविनार कार्यक्रममा प्रदेश २ का प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले सामाजिक सम्प्रदाय भड्काउने बहानामा विभिन्न हास्य व्यंग्यका कार्यक्रम आइरहेको तर त्यसलाई नियमन गर्ने निकायले नजर अन्दाज गरेको आरोप लगाए ।

मानव अधिकारकर्मी समेत रहका न्यायधिवक्ता झाले हास्यव्यग्यं भन्दै पुस्तादेखि पुस्तासम्म विभिन्न भाषा र समुदायलाई प्रभाव पार्ने काम गरिरहेको टिप्पणी गरे । सामाजिक सद्भाव भड्काउनमा मिडिया एउटा माध्यम बन्दै गएको उल्लेख गर्दै उनले सम्प्रादायीखालको कार्यक्रम चलाउनेमाथि कानुनी कारवाही गर्नुपर्ने सुझाव दिए  । उनले भने, मधेसी हुँदैमा कालो हुन्छन् भन्ने मानसिकता हटाउन जरुरी छ ।’ 

भाषा विज्ञ, पत्रकार, अधिकारर्मी र प्रेस काउन्सिलका प्रतिनिधिबीच छलफल भएको हो । 

प्रेस काउन्सिल नेपालका प्रतिनिधि संगीता खड्काले भेदभाव नबनाई समाजमा सद्भाव र जागरण पैलाउने काम मिडियाको रहेको बताउँदै हरेक मिडियाले आचारसहिंताको पालना गर्नुपर्ने कुरामा जोड दिए  । प्रेस काउन्सिलमा पर्ने हरेक उजुरीलाई काउन्सिलले गम्भिरता साथ हेर्ने गरेको बताउँदै उनले व्यंग्यात्मक कार्यक्रमले गर्दा सिमित व्यक्तिलाई रमाईलो गर्ला तर बढी मात्रामा सम्बन्धित समाजलाई ठोस पुर्याउने गरेको बताए ।

उजुरी आएपछि स्पष्टिकरणका लागि पत्र काट्ने गरिएको र काउन्सिलले आचारसंहिता उल्लघंन गरेवापत कारवाही प्रक्रिया पनि अघि बढाएको उनले जानकारी दिए ।  

नेपाल भाषाका पत्रकार एवं भाषा अभियानी सुरेश किरण मानन्धरले हास्यव्यग्यं कार्यक्रममा मधेशी र काठमाडौँको नेवारी  समुदायलाई होच्याएर देखाउने गरेको पिटप्पणी गरे । बिशेष गरी ज्यापु समुदाय र मधेसी समुदायलाई होच्याएर देखाउँदा बेलबेलामा विवाद उत्पन्न हुने गरेको बताउँदै उनले भाष बोल्न जान्न सकिएन भने त्यसलाई पनि हाँसोको पात्र बनाउने गरेको टिप्पणी गरे उनँले भने , जुन हाम्रो मातृभाषा नै होइन त्यो भाषा जानिएन भनेर आपत्ति जनाउने पनि एउटा समुदाय छ । त्यो नै गलत सोच हो ।’  

कृषि टेलिभिजनका कार्यकारी निर्देशक लक्ष्मी चौधरीले हरेक सञ्चारमाध्यमलाई आचारसहिंताको मार्यादाभित्र राख्नुपर्ने धारणा राखे । पत्रकार आचारसंहिताकै कारण कृषि टेलिभजनबाट भएको एउटा भूलका कारण माफी माग्न पर्यो, गल्टी सच्याउन प्रयास गरेको बताउँदै उनले आफ्नो टेलिभिजनमाथि प्रेस काउन्सिलमा उजुरी दिएर पनि त्यसको विरोधमा एक पक्ष लागि परेको गुनासो गरे । 

हरेक मिडियालाई नियाल्ने हो भने कही नकही आचारसंहिता उल्लघंन गरेकै भेटिन्छन्, कृषि टेलिभिजनले एउटा कार्यक्रमको कारण पटक पटक माफी पनि मागरेको छ र कार्यक्रम बन्द गर्नुको साथै कार्यक्रम प्रस्तोतालाई पनि बर्खास्त गरेको उनले बताए । 

कार्यक्रममा सहभागीमध्ये रामसुफल सदायलगायत पनि आआफ्नो धारणा राखेका थिए  भने कतिपयले म्यासेज गरेर आफ्नो प्रश्न राखेका थिए  । कार्यक्रममा डब्लुसीसी नेपाल शाखाका अध्यक्ष लक्ष्मणदत्त पन्तले पनि रेडियो तथा टेलिभिजनमा हुने हास्यव्यग्य कार्यक्रमलाई आचारसहिंतको मार्यादभित्र राख्नुपर्ने र त्यसको नियमित अनुगमन तथा नियमन हुनुपर्ने कुरामा जोडदिए । कार्यक्रमको सहजिकरण डब्लुसीसीका सहसचिव सुरेशकुमार यादवले गरेका थिए भने प्राविधिकमा सुमन गिरी र आर्ती शिल्पकारले साथ दिएका थिए ।


 

बुधबार, ०३ असार २०७७, १८ : ५९

प्रतिक्रिया