साउथ फिल्म ‘बाहुबली’ श्रृंखलामा ‘शिवगामी देवी’ को भूमिका निर्वाहा गरेर चर्चामा आएकी अभिनेत्री राम्या कृष्णनले नब्बेको दशकमा एक दर्जनभन्दा बढी हिन्दी फिल्ममा काम गरेकी थिइन् । तर, लामो समयदेखि उनलाई दर्शकले बलिउड फिल्ममा देख्न पाएका छैनन् । उनले ‘खलनायक’, ‘क्रिमिनल’, ‘शपथ’, ‘बडे मियाँ छोटे मियाँ’ जस्ता हिन्दी फिल्ममा काम गरिसकेकी छन् ।
बलिउडबाट टाढा हुनुको कारणबारे अभिनेत्री राम्याले भनेकी छन्, ‘हिन्दी फिल्ममा काम गर्न थालेपछि मैले ब्रेक लिइनँ । मेरा फिल्मले राम्रो प्रदर्शन पनि गरिरहेका थिएनन् र मैले अफर भएका फिल्म छाड्दै गएँ । त्यो समयमा म दक्षिण भारतीय फिल्ममा राम्रो काम गरिरहेको थिएँ ।’ उनले अमिताभ बच्चनसँँग एक हिन्दी तमिल फिल्ममा काम गर्दै थिइन्, तर त्यो प्रोजेक्ट बनेन ।
अब, उनको एक तेलुगू हिन्दी फिल्म प्रदर्शनमा आउने तयारीमा छ, जसमा तेलुगू स्टार विजय देवरकोन्डा र अनन्या पाण्डे प्रमुख भूमिकामा छन् । यो फिल्मलाई लिएर राम्या उत्साहित छिन् । फिल्मको लगभग ५० प्रतिशत छायांकन पूरा भैसकेको छ । लकडाउन खुलेपछि फिल्मको बाँकी छायांकन सुरु हुनेछ । पुरी जगन्नाथ निर्देशित फिल्मका निर्माता करण जोहर हुन् ।
प्रतिक्रिया