सुपरस्टार रजनीकान्तको घरमा बम !

शुक्रबार, ०५ असार २०७७, ११ : ४८

साउथ इण्डिका सुपरस्टार रजनीकान्तको घरमा बम रहेको बताइएको छ । अज्ञात फोन नम्बरबाट आएको कलमा बम रहेको धम्की आएसंगै रजनीकान्तले प्रहरीमा खबर गरेका छन् । रजनीकान्तको घरमा पुगेको प्रहरीले अनुसन्धान गरिरहेको छ । रजनीकान्तललाई घरको बगैँचामा बम रहेको भन्दै धम्की आएको थियो ।

बम रहेको खबर पाएपछि प्रहरी र बम डिस्पोजल टोली रजनीकान्तको घरमा पुगेर अनुसनधान गरिरहेको छ । तर, फोनमार्फत भनेको कुरा गलत रहेको र उनको घरमा बम नरहेको प्रहरी अनुसन्धानपछि खुलेको छ । रजनीकान्त र उनको परिवार सकुशल रहेका छन् । तर, गलत सूचना दिएर आतंक सृजना गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको भारतीय संचारमाध्यमले जनाएको छ ।

शुक्रबार, ०५ असार २०७७, ११ : ४८

प्रतिक्रिया