दोस्रो फिल्मको तयारीमा ‘म त तिम्रै हुँ’ निर्देशक

सोमबार, ०८ असार २०७७, १४ : ३७

अभिनेता अनमोल केसीकी आमा सुस्मिता बम्जन निर्मित फिल्म ‘म त तिम्रै हुँ’ बाट निर्देशकिय यात्रा आरम्भ गरेका निर्देशक श्रीराम महत लामो समयपछि दोस्रो फिल्मको तयारीमा जुटेका छन् । बन्दाबन्दीपछि फ्लोरमा जाने गरी अहिले फिल्मको प्रि(प्रोडक्सनको काम भैरहेको छ । आइतवार फिल्मको एक गीतको रेकर्ड गरिएको छ । जसमा गायिका टिका प्रसाईंले आवाज दिएकी छन् । 
 
उक्त गीतलाई फिल्मका निर्माता तथा बरिष्ठ गीतकार हिराकाजी थापाले लेखेका हुन् । गीतमा शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । थोरै मात्र आइटम गीतमा आवाज भरेकी गायिका टिकाले फिल्मको ‘सुनको बाला हातमा’ गीतले चर्चा बटुल्ने विश्वास व्यक्त गरेकी छन् । आफूले अहिलेसम्म गाएका गीतमध्ये यो गीत भिन्न र मौलिक लागेको उनी बताउँछिन् ।
 
फिल्ममा चार गीत रहने निर्देशक महतको भनाई छ । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको केही दिनमा नाम सार्वजनिक गरिने उनले बताए । फिल्ममा दुई नायिका रहनेछन् । आफ्नै कथालाई पर्दामा उतार्न लागेका निर्देशक महतले भने( ‘अहिलेसम्म कोही कलाकार फाइनल भएका छैनन् । बन्दाबन्दी खुलेपछि एक कार्यक्रमका बीच फिल्मका कलाकार सार्वजनिक गर्नेछौं ।’ 

सोमबार, ०८ असार २०७७, १४ : ३७

प्रतिक्रिया