बलिउडमा मौलाएको नेपोटिज्मको विषयमा स्टार किड्सले पनि आफ्नो भनाई राखिरहेका छन् । यसमा बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको नाम पनि सामेल छ । उनले आफू अमिताभ बच्चनको छोरा भए पनि आफ्नो करिअरमा कयैन् मुश्किल सामना गर्नुपरेको बताएका छन् । कयौं निर्देशनसँग आफूले काम मागेको उनी बताउँछन् ।
उनले भनेका छन्, ‘सन् १९९८ मा म र राकेश ओम प्रकाश मेहरा आफ्नो करिअर एकसाथ सुरु गर्दै थियौं । म उनको निर्देशनमा काम गर्दै थिएँ तर मलाई लञ्च गर्ने कोही भेटिएन । यसका लागि मैले निकै कोशिश गरेँ । मैले कति निर्माता र निर्देशकको चक्कर लगाएँ मलाई नै थाहा छैन । मैले कयौंसँग एकपटक अभिनय गर्ने मौका दिनुस् भनेको थिएँ । तर, कोही तयार भएन ।’
‘मलाई फिल्ममा लञ्च गर्न कोही तयार नभएपछि राकेश र मैले आफैं केही गर्ने विचार गर्यौं र फिल्म ‘समझौता एक्स्प्रेस’ मा काम गर्न सुरु गर्यौं । यद्यपि, यो फिल्म बन्न सकेन,’ अभिषेक बच्चनले अगाडि भनेका छन्, ‘अन्ततः जेपी सरलाई मेरो लुक्स मनपर्यो । उनि मसँग ‘आखिरी मुगल’ बनाउन चाहन्थे । तर, यो फिल्म बनेन । पछि उनले मलाई ‘रिफ्यूजी’ मा काम दिए ।
प्रतिक्रिया