ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी’ एप

बुधबार, १० असार २०७७, १३ : ४९

हल खुल्ने निश्चित नभएका कारण सानो बजेटमा बनेका फिल्मलाई टिभी र अन्य एपमार्फत् सार्वजनिक गर्न थालिएको छ । ‘कोपिला’ र ‘हिरो रिर्टन्स’ यसका उदाहरण हुन् । यी दुवै फिल्म हलभन्दा अगाडि टिभीमा रिलिज भए ।
 
लगानी उठ्ने सम्भावना प्रवल हुने भएका कारण पनि निर्माताहरुले डिटिजल प्लेटफर्म रोज्न थालेका हुन् । हलमा प्रदर्शन नभएको र यूट्यबमा सार्वजनिक नभएको फिल्म घरमै बसेर सीमित पैसामा हेर्न पाइने हुँदा दर्शकहरुको पनि यसतर्फ रुची बढेको छ । डिजिटल प्लेटफर्म हलको विकल्प बन्न थालेपछि अभिनेत्री ऋचा शर्माले सीमित पैसामा फिल्म हेर्न मिल्ने एक एप ल्याएकी छन् । 
 
‘चलचित्र टिभी’ नाम दिइएको एप बुधवारबाट सार्वजनिक गरिएको छ । केही दिनपछि मात्र एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपमा नेपाली फिल्महरु हेर्न मिल्नेछ । विदेशमा बस्ने नेपालीहरुको नयाँ नेपाली फिल्म हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याउन लागिएको हो । अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर ऋचाले यो एप सार्वजनिक गर्न लागेकी हुन् ।

‘चलचित्र टिभी’ का लागि ऋचाको समुहले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको दुई फिल्म ‘छ माया छपक्कै र छक्का पन्जा ३’ १०र१० लाखमा खरिद गरेको छ । यो रकम उठेपछि दुई समुहबीच शेयर बाँडफाँड हुनेछ । फिल्म राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ स्रोत बन्न सक्ने धेरैको विश्वास छ 

 

बुधबार, १० असार २०७७, १३ : ४९

प्रतिक्रिया