‘दिल बेचारा’ पछि ओटीटीमा सर्वाधिक रुचाइयो ‘शकुन्तला देवी’

शनिबार, ३१ साउन २०७७, १७ : ०६

भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी विद्या बालनको नयाँ फिल्म ‘शकुन्तला देवी’ ले ओटीटी प्लेटफर्ममा धूम मच्चाइएको छ । अनु मेनन निर्देशित यो फिल्मलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । गएको महिना रिलिज भएको सुशांत सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ पछि विद्याको ‘शकुन्तला देवी’ लाई ओटीटीमा सबैभन्दा बढी रुचाइएको छ ।
 
सबैभन्दा बढी रुचाइएको ओटीटी फिल्मको पहिलो नम्बरमा ‘दिल बेचारा’ छ भने दोस्रो नम्बरमा ३१ जुलाईमा रिलिज भएको विद्या बालनको फिल्म ‘शकुन्तला देवी’ छ । ओरम्याक्स मिडियाले ट्विट गर्दै यसको जानकारी गराएको हो । ‘शकुन्तला देवी’ मा प्रमुख भूमिकामा रहेका विद्या बालन, जीशू सेनगुप्ता, सान्या मल्होत्रा ​​र अमित साधको अभिनयलाई दर्शकहरुले निकै रुचाएका छन् ।
 
यो फिल्ममा ह्यूमन कम्प्यूटरको नामबाट चर्चित तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी शकुन्तलाको नीजि जीवन र यहाँसम्मको सफरलाई प्रस्तुत गरिएको छ । शकुन्तला देवीका लागि यो स्थान हासिल गर्न नीजि जिन्दगीमा कति संघर्ष गर्नुपरेको थियो भन्ने कुरा फिल्ममा देखाइएको छ । ‘शकुन्तला देवी’ को स्क्रिप्ट अनु मेनन र नयनिका महतानीले लेखेका हुन् । 
 

शनिबार, ३१ साउन २०७७, १७ : ०६

प्रतिक्रिया