शून्य ब्याजदरमा भिभोका स्मार्टफोन यसरी लिन सकिन्छ

३ बर्ष अगाडि

नेपाली बजारमा लोकप्रीय बनेको भिभोले अब शून्य प्रतिशत ब्याजदरमा स्मार्टफोन उपलब्ध गराउने भएको छ ।

नेपाली ग्राहकलाई सस्तो मूल्यमा सहज रुपमा स्टाइलिस स्मार्टफोन वितरण भिभोले १५ हजार मूल्यभन्दा माथिका सबै भिभो स्मार्टफोनका लागि यो योजना ल्याएको हो ।

ईएमआई योजना अन्तर्गत सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आईएमई बैंकसँग खाता भएका ग्राहकले शून्य प्रतिशत ब्याजदरमा भिभोको स्मार्टफोन प्रयोग गर्न सक्नेछन् । 

कसरी लिने यो सुविधा ः 

ग्राहकले ईएमआई योजनामा सहभागी हुन भिभोले साझेदारी गरेका बैंकको शाखाहरु वा भिभोको नेशनल डिस्ट्रिब्यूटरहरु एपेक्स मनोकामना र सेलुसिटीमा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित बैंकले ग्राहकको परिचय र क्रेडिट कार्डका लागि भेरिफाई गर्नेछन् । भेरिफाईड भएपछि बैंकले ग्राहकलाई पर्चेज अर्डर दिनेछ । पर्चेज अर्डर जाँचेपछि भिभोले ग्राहकले अनुरोध गरेको स्मार्टफोन मोडल उपलब्ध गराउनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया