“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै निधन

शनिबार, १३ भदौ २०७७, १७ : १४

अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । 

क्यान्सरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।   

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन ।

उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो । 

दक्षिण क्यारोलिनामा जन्मिएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनिप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

शनिबार, १३ भदौ २०७७, १७ : १४

प्रतिक्रिया