अभिनेता सुशांत सिंह राजपूतको निधन भएको दुई महिना भइसकेको छ । उनको मृत्यु प्रकरणको जाँच सीबीआईले गरिरहेको छ । एकथरीले बलिउडमा व्याप्त नातावाद र समुहवादका कारण उनले आत्महत्या गरेको बताएका छन् भने अर्काथरीले ड्रग्सको लतमा फसेर उनले आफैंलाई समाप्त पारेको दाबी गरेका छन् । यद्यपि, उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
सुशान्तलाई आत्महत्याका लागि रिया चक्रवर्ती (सुशान्तकी प्रेमिका) ले उकासेको आरोप लागेको छ । यही कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई गालीगलौच गरिरहेका छन् । बलिउड अभिनेत्री तापसी पन्नूले रियामाथि भइरहेको दुर्व्यवहारविरुद्ध मुख खोलेकी छन् । उनले सुशान्तलाई आत्महत्या गर्न उकास्नेलाई सजाय हुनुपर्ने बताउँदै रियाको न्यायको पनि माग गरेकी छन् ।
तापसीले कानूनमाथि विश्वास गर्न आग्रह गर्दै ट्विटरमा लेखेकी छन्, ‘म सुशान्त सिंह राजपूतलाई व्यक्तिगत रुपमा चिन्दिन थिएँ न त रियालाई नै चिन्छु । तर, म यो जान्दछु कि यो सम्झनका लागि एक व्यक्ति हुनु आवश्यक छ । कसैलाई दोषी सावित गर्नका लागि न्यायपालिकाभन्दा अगाडि निक्लनु गलत हो । आफ्नो र मृतकको पवित्रताका लागि यहाँको कानूनमाथि भरोसा राख्नुहोस् ।’
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि कयैन् आरोप लगाइएको छ, जसबारे सीबीआईले जाँच गरिरहेको छ । रिया र उनको परिवारसँग सोधपुछ भइरहेको छ । सीबीआईले तीन दिन रीयासँग सोधपुछ गरेको थियो । सीबीआईले अब सुशान्तकी बहिनी मीतू सिंहसँग सोधपुछ गर्दैछ । यसपछि सुशान्तकी दोस्रो बहिनी प्रियंका सिंह र उनका पति सिद्धार्थसँग पनि सोधपुछ गर्नेछ ।
प्रतिक्रिया