रोबर्टलाई कोरोना संक्रमण : फेरि रोकियो ‘ब्याटम्यान’ छायांकन

शनिबार, २० भदौ २०७७, १५ : ०९

हलिउडका सबैभन्दा ठूला सुपरहिरोमध्ये एक ‘ब्याटम्यान’ कोरोनाको शिकार भएका छन् । फिल्म ‘ब्याटम्यान’ का अभिनेता रोबर्ट प्याटिनसनलाई कोरोना संक्रमण भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ‘ब्याटम्यान’ फिल्मको छायांकन स्थगित भएको छ भने प्रदर्शन मिति पनि पछाडि धकेलिएको छ । यो फिल्मको केही हप्तायता लण्डनमा छायांकन भइरहेको थियो ।
 
अभिनेता रोबर्टका अलावा ‘ब्याटम्यान’ फिल्मको बाँकी टिमको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सावधानीका लागि फिल्मको पूरै टिमलाई आइसोलेसनमा पठाइएको छ । अमेरिकी मिडिया भ्यानिटी फेयरका अनुसार, प्याटिनसनलाई लण्डन वरिपरि फिल्मको छायांकन गर्ने क्रममा कोरोना भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । 
 
‘ब्याटम्यान’ को नयाँ श्रृंखलाको छायांकन कोरोनाका कारण रोकिँदै आएको छ । यसअघि फिल्मको छायांकन सुरु भएको सात हप्तामा कोरोनाको संक्रमण फैलिएपछि रोकिएको थियो । अब फिल्मका मुख्य अभिनेता रोबर्टलाई नै कोरोना संक्रमण भएको छ । २०२१ को जुनलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको अब २०२१ को अक्टोबरसम्मका लागि प्रदर्शन स्थगित गरिएको छ ।

शनिबार, २० भदौ २०७७, १५ : ०९

प्रतिक्रिया